
रामेछाप – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रामेछाप खाडादेवी गाउँपालिका अध्यक्षमा पुष्कर कार्की सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको अधिवेशनले उनलाई चयन गरेको हो ।
आसन्न गाउँपालिका अधिवेशनमा उपाध्यक्ष तुलसी दाश श्रेष्ठ, सचिव मोतीलाल तामाङ उप-सचिवद्वय रमेश केसी र भिमराज थोकर सहित ७५ सदस्यीय संगठन कमिटी सर्वसम्मत चयन भएका हुन् । सम्पूर्ण पदमा सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य तथा खाँडादेवी गाउँपालिकाका युवा नेता तेजबहादुर बोहोराले सेतोमाटोलाई जानकारी दिए ।
एमालेले आगामी महाधिवेशनका लागि देशै भरी एकैसाथ गाउँपालिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको वडा स्तरीय अधिवेशन गरेको छ ।
प्रतिक्रिया
-
४