✍️ कमल संघर्ष
गजल – १
जङ्गगल पसे बुद्धहरु बन्दुक बोकर
हिटलर भन्छ म के गरुँ बन्दुक बोकेर
कोठाभित्रै कलम चलाई बाच्नु छैन मलाई
लाग्छ सिमानामै मरु बन्दुक बोकेर
दुस्मनी मात्रै हो बोक्ने दुस्मन हरुले
मित्रहरु आउँछन बरु बन्दुक बोकेर
झण्डा बोकि गोठालो जान्छ मेरो छोरो
स्कुल तिर जान्छन अरु बन्दुक बोकेर
गजल – २
यो किस्सा सबैको जिन्दगानीमा हुन्छ
उत्खनन् हुनु पहिले सुन खानीमा हुन्छ
जमिनदार तिम्रो जमिन काम लाग्ने छैन
याद गरेका छौ घाट ऐलानीमा हुन्छ
जुन आगोले हामीलाई खरानी बनायो
त्यो आगो अआफूपनि खरानीमाहुन्छ
तातो मरुभुमिमा रातो रगत बगाउनु पर्छ
सोच्दैछु हरियो रङ किन राहदानीमा हुन्छ
देशमै हुन्छ राजधानी सोचि रहें मैले
मलाई के थाहा देश राजधानीमा हुन्छ
प्रतिक्रिया
-
४
