दक्षिण कोरिया सौल – अनेसास कोरिया च्याप्टरको आयोजनामा बडादशैँको शुभकामना आदानप्रदान सहित रचनावाचन कार्यक्रम गरेको छ। कार्यक्रम गत आईतबार जुम अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको हो।
कार्यक्रममा कविता, गजल र मुक्तक गरी तीनै विधाका अतिथि स्रष्टाहरूले आफ्ना सुन्दर रचनाहरू वाचन गरेका थिए। कार्यक्रममा स्रष्टाहरू क्रमश: शरद पोखरेल,गणेश खड्का, सिर्जना ढकाल, दीप मिलन, विनोद परिवर्तित दिनेश धामी, रामजीप्रसाद आचार्य, दीक्षा भण्डारी जानूलगायतले देशप्रेम , प्रवास-पीडा , अस्थिरता , जीवन-दर्शन, मायाप्रेम आदि भावले ओतप्रोत रचनाहरू वाचन गर्दै विजयादशमीको शुभकामना आदानप्रदान गरेका थिए।
कोरिया च्याप्टर अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि खत्रीले स्रष्टाहरूको रचना र वाचनको प्रशंसा गर्दै आयोजक च्याप्टरको भाषा- साहित्यप्रतिको योगदान स्मरण गरेकी थिईन् । च्याप्टरका उपाध्यक्ष डी.आर. न्यौपाने सूर्यले स्वागत मन्त्वय राख्दै कार्यक्रमको औचित्यको बारेमा जानकारीको दिएका थिए। आयोजक च्याप्टरले स्रष्टाहरूलाई साधनाको कदर स्वरूप सम्मान -पत्र वितरण गरिएको थियो। कार्यक्रम डी.आर. न्यौपाने सूर्य र लोकराज न्यौपानेले सन्चालन गरेका थिए।
नेपाली भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान , भानु जयन्ती, लक्ष्मी जयन्ती , मोती जयन्तीलगायत विभिन्न कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य- सुधा नामक विश्वव्यापी साप्ताहिक रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ।
प्रतिक्रिया
-
४
