– आभा भुजेल
१,
समयको सिमा रेखा कहिलेकाही पर्खिनुपर्छ
कसैले बिर्सनु खोज्छ त्योपल आफू तर्किनुपर्छ
पाउनैपर्छ चाहा छैन मलाई कसैको डाहा छैन
केही बिभोरले तर्साउछ केहिपल त तर्सिनुपर्छ।
२,
गुनासो पनि के गर्नु खै ~ छोडेर जानेलाई
स्वार्थ पुरा भएपछी बाटो मोडेर जानेलाई
अथाह प्रेमको उपहार उसले ~आँसु दियो
बधाई छ नाता सम्बन्ध ~ तोडेर जानेलाई।
३,
झुक्छ शिर पीडा पोखाएर भोलि दु:खको
पठायौ तिमिले बोकाएर झोली दु:खको
जति दुख्छ त्यति बग्दैछ आँसु नयन बाट
सहस्र अश्रुधारा बगाएर खोली दु:खको।।
४,
देखाउन, नसकेका ती घाउहरु मनमा छन्
सुनाउन ~ नमिल्ने पिडाहरु जिवनमा छन्
केही पल साथा दिएर याद जीवन भरको ?
भुलाउन नसकिने यादहरु धड्कनमा छन् ।
५,
किन र कसरी दुख्छ यसरी मुटु बारम्बार सोच्दै छु
भन्नुस् न के गर्नुपर्छ अब यस्को उपचार खोज्दै छु
मायाभन्ने चिज वास्तविक के हो कुनै रंग हुन्छ कि?
आज यिनै मायाको अन्त्येष्टि र दहासंस्कार भोग्दै छु।
***
प्रतिक्रिया
-
४
