-तुलसी पण्डित

“बाबा त्यता हेर्नू त त्यहाँ धेरै मानिसहरू जम्मा भएका छन् ।

“हो बाबु आज गाईजात्राको दिन हो । त्यसैले रमाइलो हेर्न मानिसहरू आएका हुन् ?”

“के हो बाबा गाई जात्रा भनेको ?”

” यो पूर्खाहरूको सम्झनामा चलाइने पर्व हो । आजकल त यो विकृतिको भण्डाफोर गर्न अनेक तरीकाबाट नयाँ रुप धारण गर्दै आउन थालेको छ । देशको विकृति हटाउन यसले महत्वपूर्ण भूमिका निभाएको छ ।”

बाबा त्यहाँ चाँडै जाम्न । बाजा पनि बजाएका छन् । कोही बाजाको तालमा नाचेका छन् । बाहिर बस्ने भिडले थपडी बजाएका छन् । हेर्नु त अझ मरी मरी हाँसेका ।”

उनीहरू हस्याङ्फसाङ् गर्दै त्यहाँ पुगे । त्यहाँको दृश्य देखेर छोरो चकित पर्यो ।

“हेर्नू त बाबा त्यहाँ सबै नेताहरू मात्र छन् । किन नेताहरू त्यति बेरुप भएर हिडेका ?”

“बाबु भनत त्यहाँ कुनकुन नेताहरू छन् ?”

“बाबा सुने भने त मार्लान् नि तिनीहरूले ।”

“डराउनु पर्दैन बाबु आज गाईजात्राको दिन हो ।”

“हेर्नू न प्रधानमन्त्री मन्त्रीहरू मात्र छन् ।”

“नाम भनत बावु ?”

“ऊ देशको सबै भन्दा ठूलो प्रधानमन्त्री गगते । अनि मरन्च्यासे । भकुण्डे । ऊ त्यो फसुण्डे । मन्त्रीहरूमा हर्के , धमीरे, लौके , हसन्ते , थैले, तुर्के । कतिको नाम भन्ने आजसम्म मन्त्री बनेका सबै छन् ।”

“हो बाबु तिमीले ठिकै भन्यौ । ती जुकाहरू आज जनताको नजरमा प्रकट भएका छन् ।”

“किन बाबा ती देशका मन्त्री प्रधानमन्त्री त्यसरी हिडेका ?”

बाबु ती प्रधानमन्त्री, मन्त्री होइनन् । ति त गोमन सर्प हुन् जसले देशलाई कङ्गाल बनाएर मगन्तेको भेषमा पुर्याए ।देशका युवाहरूलाई विदेश जान बाध्य बनाए ।यिनको कलङ्क सबैले थाहा पाउन् भनेर आज यो गाईजात्रा चलाइएको हो । देश बिगार्ने यी नपुसक भाटहरूलाई उदाङ्गो पार्नु आजको गाईजात्राको उदेश्य हो ।”

“बाबा यो गाईजात्रे पर्व त देशको विकृति माथि व्यङ्ग्य कस्ने पर्व रहेछ है ।”

प्रतिक्रिया

सम्बन्धित खवर