– ईश्वर पोखरेल

उसंग बाटामा सधैं भेट हुने ।
केही दिनअघि मोजा नलगाई जुत्ता लगाएछ । देखी हालें । भनें- “के ताल हो ?”
मुसुक्क हाँसेर भन्यो- “सात बजे नै उठ्छु ।… पहिले सबै भ्याइन्थ्यो; अचेल भ्याइँदैभ्याइँदैन ।”
अर्को दिन बाटामा हतारिदै टाई बान्दै गरेको भेटियो ।
अर्को दिन पैन्टको जिपर तान्दै गरेको भेटियो ।
त्यसपछिको अर्को दिन त- “…हत्तेरिका!!”
त्यसपछि म गल्लीको बाटो घुमेर मुल सडकमा निस्किन्छु; त्यो बाटो हिड्नै सकेको छैन

***

प्रतिक्रिया

सम्बन्धित खवर