– भेषराज बञ्जाडे
१,
जात र धर्मका राखेर बाना,खोलेका छन् दुकान
बेचेर तिनै गुजारा गर्दै, तेर्स्याउँछन् सधैँ व्यवधान
शान्तिले बाँच्न दिँदैनन् यिनले, रहेछन् राक्षस नै
बढार्दै कहीँ लगे नि हुन्थ्यो,आएर सुनामी तुफान
२,
रिस गर्छन् अति अगाडी बढे,तान्दिन्छन् दुई खुट्टा
देखिन्छन् आफू पण्डित बन्दै, लगाउँदै फाइँफुट्टा
राजनीतिक कुनै संस्कार छैन, निकृष्ट भाे अति
मतलब छैन कसैलाई केहीको,भर्दिन्छन् फुलबुट्टा!
३,
साष्टाङ्ग प्रणाम गर्छु म नित्य, नेपाल मह’तारी
तिम्रो नै काखमा फुलेको छ यो,सुन्दर फुल’बारी
हर’दिन तिम्रो सेवामा जुट्न देऊ मलाई हौसला
अन्तिम सास नि यहीँ फेर्न पाउँ, गरेर रख’वारी!!
४,
मारिए मान्छे भड्केर हिँसा, कसैको घर छैन
विदेशी शक्ति यै मौका छोपि,उचाल्न भर छैन
विवाद घरका जे भए पनि, पछि हो मिलाउने
स्वदेशी शक्ति एकजुट भए, अरुको डर छैन!!
५,
नबोलि राख्दा लाटो भन्छन्,बोल्दा छुच्चो भइन्छ
खूब ठूलो ठान्दै घमण्ड गर्छन्,आफू फुच्चो भइन्छ
गतिलो छैन जमाना अचेल, सम्झाउने बुझाउने
अर्ति र बुद्धिको हरायाे काम, उल्टै लुच्चो भइन्छ!
****
प्रतिक्रिया
-
४
