– विनोद सुवाल
गजल १,
विदेश गएको गाउँमा, मेरो चर्चा चलेको छ
बेचेर पसिना घरमा, मात्र चुलो बलेको छ।
सबैले देख्छन् बाहिर, कति आहा जिन्दगानी
सहेर बिछोडका पीडा, यहाँ मन जलेको छ।
हरेक रात यादले, मेरा आँखा रसाउँदा
उदास मनमा पीडाले, झन् तन गलेको छ।
दुःखका यी बादलले, घेरिरह्यो जिन्दगानी
आशाको त्यो जून पनि, आज कतै ढलेको छ।
कसरी हास्न सक्छु म,भारी मन समालेर
भाग्यको कठोर खेलले,सधै मलाई छलेको छ।
गजल २
जिन्दगीको सफरमा तिम्रै हुनेछ यो मन
सयौँ जुनी तिमी सँगै बिताउने छ यो तन
दुःख पीडा भुलाएर तिमीसँगै रमाउँदा
पसिनाको पहाडले जोडेको छ केही धन
रात बित्यो मेरो केवल तिम्रोसम्झनामै
मन दुख्छ हरपल के गरुँ तिमी आफै भन
रातले लेखिएका तिम्रा निम्ति पत्रहरू
चिरापरी छाती मेरो रुने तिमी आफै मन
***
प्रतिक्रिया
-
४
