– केदारनाथ सिंह

आजको साँझ
जोजो बजार गइरहेका छन्
उनीहरुलाई मेरो अनुरोध छ
एउटा सानो अनुरोध
किन यस्तो नहोस् आजको साँझ
हामी आफ्ना थैला र डोकोहरू
राखिदिऔं एकातिर
र सिधै धानको माचतर्फ जाऔं

चामल जरूरी छ
जरूरी छ आँटा दाल नून पुदीना
तर किन यस्तो नहोस् कि आजको साँझ
हामी सिधैं त्यही पुगौं
एकदम त्यही
जहाँ चामल
दाना बनिनुअघि
सुगन्धको पीडाले छट्पटाइरहेको होस्

उचित यो हुनेछ
कि हामी शुरुमा नै
मुखामुख गरेर
सिधै त्यो सुगन्धसँग
वार्ता गरौं
यो रगतको लागि राम्रो हो
राम्रो हो भोकको लागि
निद्राको लागि

कस्तो होला
बजार नआओस् बीचमा
र हामी एकपटक
चूपचापले भेँटेर आऔं चामललाई
भेँटेर आऔं नूनसँग
पुदीनासँग

कस्तो होला
एकपटक, सिर्फ एकपटक ।

***

प्रतिक्रिया

सम्बन्धित खवर