– निर्मला थापा
गजल १,
खुसीहरू राख्दै जान्छु, यसैगरी बन्धकीमा
सक्छस् अझै थप्दे दैव दु:खहरु जिन्दगीमा

घरपेटीझैं इज्जतिलो भएको छु म नि अचेल
डेरा गरी बसेका छन् कोही मेरै कलेजीमा

गर्न पनि प्रेमीहरू हदै गर्छन् आजभोलि
कोही आफ्नो बनाउन मुटु राख्छन् चुलेसीमा

मायाँ गर्छौ तर सधैं नबोलेरै र्टान खोज्छौ
भेट्टाउँछु सबै जबाफ कान्छा तिम्रो परेलीमा

शरिर भाछ मुडा जस्तो मन उड्छ कता कता
कत्ती बसौं टोलाउँदै माइति घरको आँगनीमा

गजल २,
कति जिद्दी गर्छौ तिमी रहरले हुन्न माया
रोमै दिन्छु भन्छु सधै सहरले हुन्न माया

शिरदेखि पाऊ तुन्दै नकोर भो गजल कुनै
नानाभाँती बयान बोक्ने बहरले हुन्न माया

प्यासी बन्दै न आऊ तिमी रसाउदैन ढुंगा सधैँ
जिती छाड्छु भन्ने तिम्रो ठहरले हुन्न माया

होला तिमीलाई देखाउनु छ प्रेम जोडी दुनियालाई
होडबाजी चल्ने यस्तो लहरले हुन्न माया

दे’को हैन वचन मैले घात ठान्दै पियौ जहर
बुझ्नुपर्थ्यो तिमीले पहिलै जहरले हुन्न माया

प्रतिक्रिया

सम्बन्धित खवर