– राजेश स्पन्दन

१,
गोलीझैँ चलेकै हुन् तीर, नजरबाट
हेर त कस्तो देख्यौ तक्दिर, नजरबाट

फगोलीझैँ चलेकै हुन् तीर, नजरबाट
हेर त कस्तो देख्यौ तक्दिर, नजरबाट

हेर्ने त, आफ्नो आफ्नो दृष्टिकोण हो
कोहीसम्म देख्छन् कोहि भीर, नजरबाट

प्रेम स्वतन्त्र छ भन्छन् खुला आकाशझैँ
फेरि देखिन्छ कसैको जन्जीर, नजरबाट

कोही पुगे चन्द्रमामा त कोहि भट्टीमा
कोही छन् साधु, कोही फकिर नजरबाट

गजल-२
अनेक चर्चा, बजारमा रै’छ
फेरि कोही, हतारमा रै’छ

कहिले नाफा कहिले घाटा,
माया पनि, व्यापारमा रै’छ

के दुख्थ्यो, यो मन अरुबाट
दुख्ने आफ्नैको, प्रहारमा रै’छ

खोला तरेपछि लौरो बिर्सिने,
बानी हजुरको, अधिकारमा रै’छ

जति गरे पनि कम हुदैंन पीडा,
सायद खराबी, उपचारमा रै’छ

***

प्रतिक्रिया

सम्बन्धित खवर