– सरस्वती तिवारी
१,
कति दु:ख सहनु आउ वरपर चलाउ
दुईटाको जोडी मिली संसार चलाउ
साहित्यकार हुँ मात्र कलम चलाउँछु
मलाई बचाउ खुकुरी तरबार चलाऊ
म प्रेमको साहित्यमा चुनाव जित्नुछ
भाषण गर ठाउँठाउँमा प्रचार चलाउ
मेरो इच्छा राखे तिम्रो इच्छा म बुझ्छु
आउ के चलाउनुपर्छ बारम्बार चलाउ
बरु म सधैभरि नोकर बनी सेवा गर्छु
तिमी मनको राजा हौ सरकार चलाउ
२,
भाग्य फरक होला निधार उस्तै छ
गहन सोच्ने शक्ति विचार उस्तै छ
धोका दिई जाने मन के भो होला
विस्वास गर्नेको इन्तजार उस्तै छ
भेट्यो होला पानी समुन्द्रमा मिलन
समुन्नकै नदीको किनार उस्तै छ
फेरियो जिन्दगी भनौँ कसरी यहाँ
दियालो मुनि त अन्धकार उस्तै छ
मुत्यु होला पल भर सबैको त्याे दिन
दोडधुप जिन्दगी हत्तार उस्तै छ
***
प्रतिक्रिया
-
४
