– दिनेश आदिव

१,
देखाउँदा पनि हुँदै नभएको खोट पुगेको छैन
मलाई नराम्रो बनाउने तिम्रो अठोट पुगेको छैन
तिखातिखा वचन लगाई छियाछिया बनाइदेउ
मेरो  मुटुलाई चाहिने जति चोट पुगेको छैन।

२,
ठूलै छन् मनमा पीडा सानातिना हैन
आँसु हो मलाई मन नपर्ने पसिना हैन
मैले संसार जित्ने लक्ष्य बोकी हिडेको छु
लड्न सक्छु दुनियाँसँग तर तिमीबिना हैन।

३,
सोच्दै नसोचेको तरिकाले घात भएको
भेटिनेहरूको जिन्दगीमा बज्रपात भएको
‘तिमी’ भन्ने शब्दलाई परिभाषित गर्न हो
‘धोकेबाज’ भन्ने शब्दको सुरुवात भएको ।

४,
आँगन फरक होस् तर बिस्कुन एउटै होस्
हाम्रो मनमा गुन्जिरहने प्रेम धुन एउटै होस्
म सुर्य अस्ताउने प्रतीक्षामा बसिरहेको छु
ता कि तिमीले र मैले हेर्ने जून एउटै होस्।

५,
भन्नुपर्ने    बाँकी   कुरा   एक एक भन्नै भुलेछु
दुखाउने  कुरामा  नलाउनु  विबेक भन्नै भुलेछु
सबथोक तिमीबाटै चाहिन्छ यो मैले भनेको थिएँ
घृणा,   बेवास्ता  र   धोका  बाहेक भन्नै भुलेछु।

***

प्रतिक्रिया

सम्बन्धित खवर