काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग एकता गरेको रास्वपाले अर्को सफलता प्राप्त गरेको छ । उर्जामन्त्री कुलमान घिसिङ र उनको उज्यालो नेपाल पार्टीसँग पनि एकता भएको जेन्जी आन्दोलनका अभियन्ता सुदन गुरुङले बताएका छन् । सहमतिको बुँदा के के भयो भन्ने आउन बाँकी रहे पनि सहमति भैसकेको उनले बताएका हुन् ।

सुदन गुरुङले फेसबुकमा आफू सहित रवि लामिछाने र कुलमान घिसिङको संयुक्त फोटो सार्वजनिक गर्दै लेखेका छन्, -“Lets celebrate Nepal 🇳🇵 We did it ….
हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि
मिलायरेई छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।”

***

प्रतिक्रिया

सम्बन्धित खवर