– प्रभादेवी पौडेल
१,
तिम्रो हर सफलताहरुले आकाश छुनुपर्छ
सोचाइको मयल चेतनाको साबुनले धुनुपर्छ
तिम्रालागि यही कामना राख्छु प्यारो मान्छे
तिमी म बाट टाढै भएपनि सँधै खुसी हुनुपर्छ
२,
बाटो त्यति सजिलो कहाँ छ र प्रिय तिमीसम्मआउँन
जुन कुरामा जति आनन्द छ त्यति नै कठिन छ पाउँन
तिमिलाई भुल्न निन्द्रा देवीको काखमा लुटपुटीदै गर्दा
तिम्रा कयौं यादहरुले कहाँ दिन्छन् र मलाई निदाउन
३,
हरेक भोगाई र अनुभवले मन थाकेको छ
उमेरको गति सँगसँगै केशपनि पाकेको छ
जीवनमा यही एउटा धोको पालेकीछु प्रिय
अन्तिममा एक झल्को हेर्न मन लागेको छ
४,
तिमिले दिएको सिरानीको हात राम्रो
हरेक पलहरुको सम्झनाको खात राम्रो
एकान्तमा हामि बाहेक कोहि नहुने हुँदा
हे निदरी मलाई त दिन भन्दा रात राम्रो
५,
विनाकारण पलपल भावना रेटिन्छ भने सफरमा
स्वाभिमान अनि अस्तित्व मेटिन्छ भने सफरमा
संजालमा आई देखावटी साथको के अर्थ रह्यो र
पाइलै पिच्छे नै काँडा मात्र भेटिन्छ भने सफरमा
***
प्रतिक्रिया
-
४
