– रोज काफ्ले

१,
देशले खुसी उडान भर्ने यान थिएन
देश बनाउँने भ्रष्टसँग इमान थिएन

यसरी गायब भयो देशको इतिहास
नेता नाउँको कलंकमा ज्ञान थिएन

लखेट्यौ सबै युवा सरकार तिमीले
गाउँको कुनै ठाउँमा जवान थिएन

बेचेर सक्यौ नेपाल तिमीभित्र कतै
नेपाली हुँ भन्नुको पहिचान थिएन

वास छैन भनि गरीबले रुँदै सुनाए
रोदन सुन्ने नेता तिम्रो कान थिएन

२,

सेकेन्डमै सकिन्छ यो जीवन के हो र
स्वार्थले लुटि कमाएको धन के हो र

चिता भूमि वरीपरि बस्ने अघोरीलाई
उसको निम्ति डर एक्लोपन के हो र

मान्छे हौ भने तिमी मान्छे नै बनिदेउ
दैत्य आत्माले भरिएको तन के हो र

धरती पनि के हो र माताको अगाडि
पिताको सामर्थ्य सामु गगन के हो र

वचनका तीक्ष्ण शब्दले चोट नपुर्याउ
कोमल भाव प्रेम हीन वचन के हो र

***

प्रतिक्रिया

सम्बन्धित खवर