– रुना कर्माचार्य दाहाल

१,
रुप ,रंग,सौर्न्दर्यको मान्छे दास हुन्छ
बाँचुन्जेल शारीरि मरेपछि लास हुन्छ
कति घमण्ड हाड ,छालाको शरीरमा
मरेपछि सबै एउटै चिहानमा बास हुन्छ ।

२,
अर्ती ,उपदेशलाई भन्छन् गाली  यहाँ
चोर,फटाहको प्रसंशामा ताली  यहाँ
देखावटी समाजमा पिडा दफन  गरेर
आँसु पिई फोस्रो हाँस्नु पर्ने खाली यहाँ ।

३,
निको हुँदैन पिलो ननिकाले सम्म खिल भन्छु
च्वास बिझ्छ शब्द अनि दुख्छ यो दिल  भन्छु
खाटो बसिसकेको घाउ बल्झाउन तिमी नआउ
तिम्रो लागि मेरो दिलमा प्रेम भयो निल भन्छु

४,
निमुखा बाध्य खुल्ला आकाशलाई बनाउन छत
देशमा कुम्भकर्ण झैँ सुत्नेको भएर अथाह बहुमत
भोक अनि शोकले सधैं तड्पिएर मर्नुभन्दा राम्रो
सामन्तीसँग लडेर जोगाउनु पर्छ आफ्नो इज्जत ।

५,
मान्छेलाई कति चाँडो लाग्दो रहेछ खाई मात के भन्नू
जुन थालमा खायो त्यहीँ  चुँठी  हिड्छन् हात  के भन्नू
हिजोसम्म  तिमी बाहेक  संसारमा अरु कोहि छैन भन्ने
आज मुटु रित्तो बनाई डेरा सार्दा भयो हृदय घात के भन्नु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर