सउल – दक्षिण कोरियामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रवर्द्धनमा निरन्तर योगदान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन पर्व छुसक र नेपाली महान् पर्व बडादशैंको अवसरमा बृहत् साहित्य मेला कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम २०२५ अक्टोबर ६ तारिख, कोरियाको राजधानी सउलस्थित दोङदेमुनमा आयोजना गरिएको थियो। नेपाली साहित्यका प्रमुख विधाहरू कविता, गजल, मुक्तक र हाइकुमा आधारित रचना वाचनका साथै प्रवासी स्रष्टा र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष हरि प्रसाद खनाल रहनुभयो। उहाँले प्रवासमा रहेर मातृभाषा र साहित्यप्रति समर्पित स्रष्टाहरूको योगदान प्रशंसनीय रहेको बताउँदै, यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आत्मीयता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि का रूपमा अनेसासको मुखपत्र अन्तर्दृष्टिका प्रधान सम्पादक दिनेशराज ज्ञावली उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथि मा ह्यारी वोन्ड, आर. एन. अधिकारी, जीवन खत्री, र डा. कमला के.सी. रहनुभएको थियो। कार्यक्रममा विष्णु वाग्ले, पुष्प भण्डारी, अशोक थापा, कलम कार्की, सि. बी. कार्की, भक्त थापा मगर, विकाश बोहोरा, सुशील गुरुङ, मनोज पौडेल, दिपा मेवाहाङ, मदन गौतम, नारायण न्यौपाने, श्याम अर्याल, माधव आचार्य, मनोज सुवेदी, श्रवण श्रेष्ठ, सोनम पराजुली, रुपक के.सी., र माधव अर्याललगायतका साहित्यकारहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रमका सभापति अनेसास कोरिया च्याप्टरका अध्यक्ष लोकराज न्यौपाने रहनुभएको थियो। कार्यक्रमको संयोजन रामचन्द्र शर्माले गर्नुभयो भने संचालन राजेश सुवेदीले गर्नुभयो।

 

साहित्यिक प्रस्तुतिमा कविहरू सुरेश राई, विजयता भण्डारी, र युग सर्वनामले आफ्ना कविता वाचन गरे। गजल सत्रमा निर्दोष शिव, लक्ष्मण आजाद, र जितेन चाम्लिङले मन छुने प्रस्तुति दिए। त्यसैगरी राधेश आचार्य, एस. के. भट्टराई, र सि. पी. आचार्यले मुक्तक वाचन गरे भने स्रष्टा डिइबी सिकारूले आफ्ना हाइकु प्रस्तुत गर्नुभयो।

साथै अन्य उपस्थित वाचकहरूले पनि आफ्ना रचनाहरू वाचन गरेर कार्यक्रमलाई अझ समृद्ध बनाएका थिए। गणेश ढकालले मुक्तक प्रस्तुत गर्नुभयो भने राज विसर्जनले गजल वाचन गर्नुभयो। सुधाकर दाहालले कविता र गजल दुवै वाचन गरे भने दीप प्रदिप कुमारले गजल प्रस्तुत गर्नुभयो। विष्णु वाग्लेले कविता प्रस्तुत गर्नुभयो भने मनोज आचार्य र रामचन्द्र शर्माले क्रमशः मुक्तक तथा अन्य साहित्यकारहरूले रचना वाचन गरेर कार्यक्रमलाई अझ समृद्ध बनाएका थिए।

कार्यक्रमको व्यवस्थापन रामचन्द्र शर्मा, विजयता भण्डारी, दीप प्रदिप, गणेश ढकाल, र सुधाकर दाहालले सम्हालेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई सहज, व्यवस्थित र आकर्षक बनाएका थिए ।

कोरियामा रहेका नेपाली साहित्यकारहरूको उपस्थिति रहेको यस कार्यक्रमलाई सहभागीहरूले प्रवासमा नेपाली भाषा र साहित्यको उन्नतिलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक पहलका रूपमा व्याख्या गरेका छन्।

अनेसास कोरिया च्याप्टरको यस कार्यक्रमको मिडिया पार्टनरमा सेतोमाटो पनि सहभागी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर