– रामचन्द्र शर्मा
१,
कहिले हावा कहिले पानी चलिराखेकै छ
यो भाग्य यस्तै रहेछ ठानी चलिराखेकै छ
हुन परे भिन्न सोच्थेँ,सायद बाचिन्न सोच्थेँ
छुट्यौँ हामी,जिन्दगानी चलिराखेकै छ
२,
लुकाएर पनि हैन खुलेआम दिईन्छ
अबिर दलि खादा ओढाई खाम दिईन्छ
म त बुध्द जन्मेको देशको मान्छे हुँ हजुर
जहाँ हत्यारा लाई सम्मान गरि ईनाम दिईन्छ
३,
गरिराख्छ अनेक बात छाड्नै मान्दैन
बगाएर आशु बर्षात छाड्नै मान्दैन
खाडी उडानका लागी बिमानस्थलमा छु
छोराले समाएको हात छाड्नै मान्दैन
४,
तिम्रो तिरस्कार म प्रतिको खेद ग्रहण गर्नैपर्यो
बढायौ दुरी बढ्यो झन् मतभेद ग्रहण गर्नैपर्यो
जिन्दगीभर प्रेमको नै पुजा गरिरहेँ निरन्तर
आखिरीमा धोकाको नैवेद ग्रहण गर्नैपर्यो
५,
नसोध्नुहोला कसरी अनि किन सकिँदैन
हर सवालहरुको जवाफ दिन सकिँदैन
आफ्नै नाम थर जस्तै हो पहिलो प्रेम भन्नु
जो चाहेर नचाहेर पनि बिर्सिन सकिँदैन
***
प्रतिक्रिया
-
४
