– मानन्धर अभागी
१,
जिन्दगी यो उसले बाँझो बनायो
जिउन मलाई आज गारो बनायो
कस्तो नियत होला उसले मलाई
पुछेर फ्याँक्ने टालो बनायो
राजा महाराजा केहो गन्दै गनेन
मलाई त उसले जाबो बनायो
अजिब लाग्छ सद्दे होकि पागल
घरि पराय घरि आफ्नो बनायो
अन्याय खप्न नसकेर काली बनें
उसैले मलाई आज यस्तो बनायो ।
२,
हिजो घरवार नभाका आज दरबारमा छन्
भ्रष्ट भनेर चिनेका आज सरकारमा छन्
बल्लबल्ल पालो पाको जति सक्यो लुट्दैछ
कुर्सी ढल्नै आँट्यो त्यसैले त हतारमा छन्
चिच्याउने चिच्याइ रहून् रोक्ने – टोक्ने को
छोटे राजाहरू हेलिकोप्टरमा सवारमा छन्
ठूलावडाको आर्शीवाद भ्रष्टाचारीहरू लाई
भ्रष्टाचारमा मुछेका आज वफादारमा छन्
यहाँ यस्तै छ हजुर के गर्नु लाज पचेकाहरू
जसले राम्रो काम गर्यो उही कारागारमा छन्
***
प्रतिक्रिया
-
४
