– सन्तोष
गजल १,
कहिले रुवाँउछ त कहिले हाँसी राख्नु पर्छ
भित्र-भित्र मरेपनि बाहिर बाँची राख्नु पर्छ
निशब्द बनाएर रित्त्याई सकियो यो ढुकुटी
अझै पनि हिसाब किताब बाँकी राख्नु पर्छ
मनको बह कथै नकह लुकाउदै समाजमा
भत्केको घर चुहिने छानो टाली राख्नु पर्छ
हजुर रात पछि दिन फर्कन्छ प्रकृति नियम्
हुन्छ कि त आशाको डोरी बाटी राख्नु पर्छ
सहनु पर्छ भित्र दुख्छ बाहिर सुन्छ कसले
आलो घाउ माथि तेलको बाती राख्नु पर्छ
गजल २,
कुर्ता लगाउ पाइन्ट लगाउ हुदैन राम्रो सारी जस्तो
स्वदेसी भेष नपहिरिनेको लाग्दैन जिम्मेवारी जस्तो
स्वार्थी हुन्छन् मान्छे यहाँ नजिक भए ठिक्क पार्ने
टाढा हुनेको चासो हुन्न साच्चै माया हाराहारी जस्तो
छेउमा भएनी नाङ्गो रुखमा कस्को नजर पर्छर हजुर
बेवास्तामा पर्नुपर्छ अवस्य बर ढलेको चौतारी जस्तो
दिन एकनासको कहाँ हुन्छर कहिले सुख कहिले दुख
आँसुको अर्थ नबुझ्नेलाई लाग्न सक्छ महामारी जस्तो
सधै बाली सप्रीरहने गल खेत नसम्झे हुन्छ जिवन
न कुलो सोझिने न पानी पाउने होला फेरि टारी जस्तो
***
प्रतिक्रिया
-
४
