– पुस्तकप्रसाद

गजल १
हराइ  जाने  छु  एक्दिन  यो  लोकबाट
जसरी सुर्ती हराउँछ सल्केको चुरोटबाट

म  जस्ता कति आए होलान  गए होलान
यो गल्लि यो बस्ती यो चौतारी चोकबाट

नयाँ केही रहेन,जीवन आफैँ पुरानो भयो
अघाइ  सकेँ  धर्तिमा अब  सबथोकबाट

भोकको लडाइमा मान्छे पराजित नै रह्यो
पेट हुन्जेल मुक्ती मिल्दैन यहाँ  भोकबाट

कतिदिन  चल्छ  र  पिर गरेर मात्र जिन्दगी
हर मान्छे माथी उठ्छ नै आखिर शोकबाट

गजल २,
सय सावाँ ब्याज हजार लाग्छ
लाग्नु  परेपछी  संसार  लाग्छ

अलिकती  रुपैयाँ के कमायो
मान्छेको जिब्रोमा धार लाग्छ

देशमै गरिखाउँला नभन्नु बाबु
कि  बैंक  कि  सरकार लाग्छ

तिम्रो उन्नति कसैले  चाहाँदैन
दुर्गती  हेर्नेको  बजार  लाग्छ

महँगो  सपना  देख्दै  नदेख्नु
सपनाको पनि भन्सार लाग्छ ।।

***

प्रतिक्रिया

सम्बन्धित खवर