– निश्चल परदेशी
गजल – १
बदलिदिन्छन केवल आफ्नो गाजल लगाउने तरिका
छन त कति छन, कति छन सजाय दिलाउने तरिका
अध्यारो चाहानेहरूले आफ्नै आँखा चिम्लनुपर्छ
जान्न जरूरि छैन बेकारमा बत्ति निभाउने तरिका
कोहि दुखेर रून्छन कोहि दुखाउन नसकेर रून्छन
सबको फरक फरक हुन्छ जिन्दगी चलाउने तरिका
सबैले आफ्नो मनको पिंजडाको ताला खोलिदिनुस
सजिलो छ यो दुनियाँलाई स्वतन्त्र बनाउने तरिका
जस्को आँखा फुटायौ,उसैलाई चश्मा उपहार दियौ
अरे यार!यो हो नि शानदार मजाक उडाउने तरिका
गजल – २
मिठाई बाँडेर,बधाई दिएर खुशी थप्न सकिन्छ
यसरी कोहि पिता हुनुमा चुनौती थप्न सकिन्छ
भरि मन हुनेहरूले थोरै पाए प्रेम गर्ने अवसर
मन रित्तो बनाउनुस,रित्तोमा बढि थप्न सकिन्छ
छाडि जानेहरूको शुचि पनि निकै लामो भएछ
मन चिहान हो यहाँ धेरैको समाधि थप्न सकिन्छ
हामी माथी बस्न के गर्नुपर्छ? सरकारले सोध्यो
सल्लाहकारको सुझाव दियो सिँढि थप्न सकिन्छ
लाग्दो हो तिम्लाईनि आधा छु जस्तो लाग्दो हो
म पनि आधा छु र आदिमा आदि थप्न सकिन्छ
***
प्रतिक्रिया
-
४
