– जमुना कायस्थ


संसारमा दुष्टता  जति तब हराउँदछ
प्रभुले सत्य शान्ति जय जब ल्याउँदछ
भलाईका साथ ईन्साफ गर्द खेरि सोच
जीवनमा ति क्रान्तिकारी सब भगाउँदछ।


सबलाई खुशी पार्न खोजे छौ भने
समाजमा क्रान्ति हेर रोजे छौ भने
आफ्नै निम्ति बाँच्दैनौअनन्त उन्नति
चाहना नगर्न मन सोजे छौ भने ।।


छिमेकिलाई प्रेम गर आज्ञा नै छ
आफैमा *बिन्ति भर संज्ञा नै छ
मालिकको सामु खडा हुन अघि
अखण्ड पाप गल्ति प्रतिज्ञा नै छ।


खरावी  सोच्नेले  विगार गर्छ
भलाईले समुन्नती सुधार गर्छ
दुर्गती अधोगति पापीका बाट‍
नेता जस्ता पतित खवर गर्छ ।


ठगेको धन क्षणिक न्यानो हुन्छ हेर्नु
सकारात्मक जीवन छानो हुन्छ हेर्नु
कुण्ठा भरि जीवन आघात पुर्‍याउन
हर्षित मन प्रभात आयानो हुन्छ हेर्नु।

***

प्रतिक्रिया

सम्बन्धित खवर