उदयपुर -उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ । आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाल्को लोगो बनाएर नगरपालिकाले १५ औं नगर सभाबाट लोगो सार्वजनिक गरेको हो ।
पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्व झल्कने लोगो निर्माण गरि पालिकाले सार्वजनिक गरि नगर सभाबाट प्रयोगमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले जानकारी दिए । लोगोमा नेपालको झन्डा र नगरपालिकाको भुगोल, नाम, त्रियुगा र बरुवा नदि, गाईको प्रतिमा सहित स्थानीय भेषभुषा समेटिएको छ । लोगोमा स्वास्थ्य, शिक्षित, उद्यमशिल, हाम्रो शहर, समुन्नत, समावेशी, समृद्ध, त्रियुगा नगर समावेश गरिएको छ ।
सो लोगोमा त्रियुगा स्लोगन, नेपालको राष्ट्रिय झण्डा, नगरपालिका भित्र बसोबास गर्ने बिबिध जातजाति तथा पेशामा आबद्ध ब्यक्तिहरुको साँकेतिक चित्र धानको बाला, उदयपुर सिमेन्ट उद्योग, मेन चोकमा राखिएको गाईको प्रतिमा, स्थापना मिति, नेपालको राष्ट्रिय फुल लाँलिगुराँस, नगरपालिकाको नाम, मोतिगडामा रहेको प्राकृतिक तिर्थस्थल मुडगढा शिला, बरुवा, त्रियुगा र लुहालेको संगम र त्रियुगा नगरपालिकाको नक्शा समावेश गरिएको छ ।
त्रियुगा नगरपालिकाले २०८१ फागुन २९ गते सुचना प्रकाशित गरि २०८१ चैत समान्त सम्म गोलाकारमा निर्माण गरि पेश गर्न भनिएको थियो । सो सुचना अनुसार बिभिन्न १० वटा लोगो नगरपालिकालाई प्राप्त भएकोमा उत्कृष्ट लोगो छनोट गरिएको प्रमुख प्रशासकिय अधिकृत कोईरालाले जानकारी दिए । नगरपालिकामा प्राप्त भएको १० वटा लोगो अध्ययन तथा छनोट गर्न २०८२ बैशाख २६ गतेको कार्यपालिका बैठकले समिति गठन गरेको थियो । सो लोगो अध्ययन तथा छनोट सिफारिस समितिले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर ६ का हाल त्रियुगा नगरपालिका– ११ गाईघाट बजारमा खाँडादेवी प्रिन्ट सोलुसन सञ्चालन गर्दै आएका सुजन कार्कीले बनाएको लोगो छनोट भएको छ । कार्की गाईघाट बजारमा २०७८ सालदेखि खाँडादेवी प्रिन्ट सोलुसन सञ्चालन गर्दै आएका छन । लोगो अध्यायन तथा छनोट समितिको सिफारिस अनुसार त्रियुगा नगर कार्यपालिकाको ०८२ जेठ २४ गतेको बैठकले लोगो स्विकृत गरि प्रयोगमा ल्याएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर