बङ्गलादेशको ढाकामा आयोजना हुने २१औँ अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिवलका लागि ‘गोरु पर्व’ छनौट भएको छ । सन् २०२३ जनवरी १४ देखि २२ सम्म हुने आयोजना हुने फेस्टिवलमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको वृत्तचित्र ‘गोरु पर्व’ छनौट भएको हो।
विश्वका प्रतिष्ठित फिल्म महोत्सवमध्य एक ढाका फिल्म फेस्टिवलमा गोरु पर्व छानिएको बृत्तचित्रका कार्यकारी निर्माता के.पी. पाठकले जानकारी दिए ।
नुवाकोटको तारुकामा हरेक बर्ष माघे सक्रान्तिको अवसरमा गोरु जुधाइने परम्परा रहेको छ । त्यसैमा आधारित बृत्तचित्रमा नेपालमा गोरु जुधाउने परम्पराको ऐतिहािसक, सामाजिक, आर्थिक तथा तथा पर्यटकीय पक्ष समेटिएको लेखक तथा निर्देशक लम्सालले बताए ।
गोरु पर्व विश्वका धेरै फिल्म फेस्टिवलहरूमा छनौट भएर प्रदर्शन भएको बृत्तचित्र हो । यही २०२२ मा मात्रै गोरु पर्व साउथ ऐसियन फिल्म फेस्टिवल, अन्तराष्ट्रिय फिल्म फेस्टिवल म्यानहन्ट अमेरिकालगायत महोत्सवमा छनौट भएको थियो ।
गत अक्टोबरमा थाइल्याणको बैँककमा आयोजित थाइ अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा २०२२ मा गोरु पर्वले उत्कृष्ट डकुमेन्ट्रि अवार्ड प्राप्त गरेको थियो ।
प्रतिक्रिया
-
४
