काठमाडौँ – लेखक मोदनाथ सादाको संस्करण ‘जागिरः एक अनुभूति’ नामक पुस्तकमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सादाको उक्त पुस्तकमा परिचर्चा गरिएको हो ।

त्रिशुली वाङ्गमय प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा डा. नवराज लम्साल, श्रीहरि फुयाँल, आरएम डंगोल लगायत उपस्थित विभिन्न व्यक्तिले पुस्तकमाथि चर्चा गरेका थिए ।

पछिल्लो समयमा सरकारी जागिरप्रति युवावर्गले देखाएको मोह र त्यसबाट समाजले सोच्ने दृष्टिकोणलाई पुस्तकमा प्रस्तुत गरिएको छ । आम मानिसमा सरकारी जागिर खानेप्रति दुईवटा धारणा रहेको लेखक सादाले बताए ।

‘जागिर खाने र जागिरले खाने’जागिर खाएकाहरूले इमान्दारीताका साथ काम गर्ने, छलकपट नगर्ने उनले बताए । उनले भने, “जागिरले खाएकाहरू आफ्नो नैतिकता, बेच्छन् र बिलासी जिबन चाहान्छन्।”

कार्यक्रममा सादाले त्रिशुली वाङ्गमय प्रतिष्ठानका संस्थापक सदस्य श्रीहरि फुँयाललाई जीवित हुँदै रथयात्रा गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

समाजमा मान्छे बितिसकेपछि उसलाई गरिने सम्मान भन्दा जिवित हुँदा गरिने सम्मानले स्थान पाउने सादाले उल्लेख गरे। त्यस्तै नवराज लम्सालले एउटा जागिरेको सन्देसमूलक अनुभूति रहेको पुस्तक बताए ।

“अहिले प्रविधिको युगमा इतिहासका कुराहरु सम्पुर्ण सजिल्यै प्राप्त हुने गर्दछ आफ्नो निजि अनुभवलाई समेटेर पुस्तक लेख्न सक्नु नै ठुलो कुरा हो” लम्सालले बताए। जीवनको एउटा पाटो जागिर रहेको आरएम डंगोलले बताए। त्यस्तै डंगोलले श्रीहरि फुयाँल सम्मानित हुँदा सिंगो राष्ट्टनै सम्मानित हुने कुरा व्यक्त गरे ।

“जागिरः एक अनुभूति” नयाँ उत्कृष्ठ कृति रहेको श्रीहरि फुयाँलले बताए। “जागिर खाँदा जस्तोसुकै बाधा अड्चन आएपनि त्यसलाई सजिल्यै समाधान गर्नसक्नुपर्छ” । त्यस्तै फुयाँलले आफुमाथि गरिएको निर्णयलाई स्विकार्य रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर