काटमाडौं – त्रिभुवन विश्वविद्यालय, किर्तीपुर, काठमाडौंका प्रा डा भरतकुमार भट्टराई प्रमुख अतिथि ; भारत नेपाल साहित्य महोत्सव आयोजक संयोजक मेरठ, भारतका डा विजय पंडित ; भारुच, गुजरात, भारतका डा गोकुल बहादुर छत्रीयका साथै गंगा लिगल (भैरहवा), मन्जुला तामाङ्ग (दार्जलिङ्ग)का साथ कविता, गीत, गजल, मुक्तक जस्ता काव्य बिधा वाचनमा सहभागी भै कार्यक्रममा सहभागी हुन २०७९ भाद्र१९ गते अर्थात् सन् २०२२ सेप्टेम्बर ४  आइतबार साँझ  google meet  लिंकबाट जोडिनु भयो।  उक्त कार्यक्रमका संचालकहरूमा  पाँचथरबाट उमा ओडारी  र  नुवाकोटबाट सुमीत्रा सुमी हुनुहुन्थ्यो।

कविता यात्रा नेपालका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न
कार्यक्रम  नारायण घिमिरेको कविताबाट श्री गणेश भयो। त्यसपछि बिराटनगरकी सरिता तुलाधरले कविता वाचन गर्नु भयो। गुजरातबाट डा गोकुल बहादुर क्षत्रियले मन्तव्य सहित हिन्दी कविता वाचन गर्नु भयो। त्यस्तै बिराटनगरकी लक्ष्मी रायमाझी खड्का, बिदुरकी सुमित्रा सुमी,अबुधाबी, कुबेतबाट विवेक दुलाल क्षेत्री , बर्दिबासबाट छन्द चौतारीका अध्यक्ष प्रेमकुमार घिमिरे अग्नि कवच, इमाडोल, ललितपुरकी गंगा दहाल, पाँचथर, जोरपोखरीकी उमा ओडारी र्क  दार्जलिङ्गकी गीता क्षेत्रीले गजल, कविता, मुक्तकसहित उपस्थिती जनाइन् । विशिष्ट अतिथी मेरठका डा विजय पंडितले नेपालमा तेस्रो नेपाल भारत साहित्य महोत्सव गर्ने तयारी भैरहेको जानकारी सार्वजनिक गर्दै सबै उपस्थित स्रष्टाहरूलाई आमन्त्रण गर्ने जानकारी दिनु भयो। प्रमुख अतिथि प्रा डा भरतकुमार भट्टराईले कार्यक्रम अति उत्कृष्ट भएको भन्दै वाचित कविताको बिस्तृत समीक्षात्मक टिप्पणी गर्नु भयो। कार्यक्रम प्रत्येक महिनाको तेस्रो आइतबार साँझपख हुने जानकारी अध्यक्ष मणिराज सिंहले दिदै हालै गोरखापत्रमा प्रकाशित आफ्नो कविता “केटाकेटीहरूलाई” वाचन गरी कविता यात्रा समापन गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर