अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । भारतको अर्थतन्त्र बेलायतलाई पछि पार्दै विश्वमा पाँचौं स्थानमा पुगेको छ । दैनिक भास्करका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को तथ्यांकले भारत अब विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको देखाएको हो ।
स्टेट बैंक अफ इन्डियाको अनुसन्धान प्रतिवेदन अनुसार यस वर्षको पहिलो त्रैमासिकमा भारतको अर्थतन्त्रमा १३।५ प्रतिशतको वृद्धिदर रहेको छ । यस दरमा, भारत यस आर्थिक वर्षमा सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र बन्ने सम्भावना रहेको अनुसन्धानले जनाएको छ।
पूर्व मुख्य आर्थिक सल्लाहकार डा अरविन्द विरमानीले भारतीय अर्थतन्त्रको यात्रा जारी रहने र आगामी केही वर्षमा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । उनले भने– “गत वर्ष हामी छैटौं स्थानमा थियौं, अब यसरी नै अर्थतन्त्र बढ्दै जाने हो भने हाम्रो अर्थतन्त्र छिटै तेस्रो स्थानमा पुग्ने छ ।”
हाल भारतको कुल गार्हस्थ उत्पादन ९जिडिपी० तीन हजार आठ सय ९४ अर्ब डलर रहेको छ । एक दशकअघिसम्म भारतको अर्थतन्त्र विश्वको ११औँ स्थानमा थियो । एक दशककै अवधिमा भारतले ठूलो फड्को मारेको हो ।
आइएमएफको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा भारतीय अर्थतन्त्र सात प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ । अहिले विश्वको कुल जिडिपीमा भारतको हिस्सा ३।५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४।१, चीनको १९।८०, जापानको ४।८ र जर्मनीको ४।१ प्रतिशत हिस्सा छ ।
२०१४ मा, भारतीय अर्थतन्त्र विश्वको १० औं स्थानमा थियो उक्त प्रतिवेदनलाई दाजेर हेर्ने हो भने हालको अर्थतन्त्रले ७ औँ स्थान परिर्वतन भएको देखिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले भारत आफ्नो अर्थतन्त्रको आकारमा अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछाडि नभएको बताएका छन् । आईएमएफको अनुसार उक्त राष्ट्रहरुसंग मात्र ८५४ बिलियन डलरको मात्र फरक रहेको जनाएको छ
प्रतिक्रिया
-
४
