ज्योति साहित्य प्रतिष्ठानको १८५औँ शृङ्खला भदौ ३ गते सम्पन्न भएको छ । कार्यक्रममा सभापति मणिराज सिंह, प्रमुख अतिथि प्रा डा खगेन्द्र लुइटेल र विशिष्ट अतिथिहरू सह प्रा. लेखनाथ काफ्ले (ताइवान), पुष्कर लोहनी, प्रभा भट्टराई, भीष्म उप्रेती, डा गोकुल बहादुर क्षत्रीय (भारुच, सुरत, गुजरात, भारत), डा शशी थापा र रीता सिंह (असम, भारत)को भर्चुअल उपस्थिति रहेको थियो ।
सुधा बास्कोटा ढकाल र अम्बिका याम्फु अनमोलद्वारा पालैपालो सञ्चालन गरिएको उक्त कार्यक्रममा कविहरू जीविका अश्रु (गान्तोक, सिक्किम), बाबुराम श्रेष्ठ (सिन्धुली), लुइस बिष्ट (गान्तोक, सिक्किम), गंगा लिगल (भैरहवा), महेश राज खरेल (काठमाडौँ), गंगा अभिलाषी (कोलोराडो, अमेरिका), केशु पोखरेल खनाल (नारायणघाट), राकेश कुमार झा )जनकपुर), भुमिका अबिरल (सुन्दर हरैंचा, मोरंग), कल्पना पौडेल जिज्ञासु (नेपालगञ्ज), उमा ओडारी (पाँचथर), प्रभा भट्टराई, सुधा बास्कोटा ढकाल, अम्बिका याम्फु अनमोल, कमला खड्का, मन्जु खरेल (हेटौंडा), रमेशचन्द्र अधिकारी (धनकुटा), घनश्याम पौडेल (कास्की), रीता सिंह (असम, भारत), मणिराज दहाल (जनकपुर), सुधा मिश्र झा (इमाडोल, ललितपुर), प्रेम घिमिरे (बर्दिबास,महोत्तरी), गोपाल यादव (गौसला, महोत्तरी), सरिता तुलाधर (बिराटनगर), नारायण घिमिरे (बर्दिबास), सीता पाण्डे, राजेश्वरी काफ्ले (लालबन्दी)ले कविता वाचन गरेका थिए ।
त्यस्तै, प्रमुख अतिथि प्राध्यापक डा खगेन्द्र लुइँटेलले नेपाली भाषा साहित्यलाई अगाडि बढाउन सबैले सामूहिक प्रयास गर्नुपर्ने बताए ।
उनले भने “गाडीमा इम्बोस्ड नम्बर नेपाली भाषामा लेखिनु पर्दछ भन्ने हाम्रो माग छ। सरकारसँग कुरा भैरहेको छ। हामी नेपाली भाषामा इम्बोस्ड नम्बर हुनै पर्दछ भन्नेमा दृढ छौँ ।”
डा. लुइटेलले सबै कविता छन्दमै हुने भन्दै अगाडि थपे “सबै कविताहरू छन्दमै हुन्छः कुनै शास्त्रीय छन्द, कुनै लोक छन्द र कुनै स्वछन्द। आज तीनै प्रकारका छन्दमा कविता सुन्न पाइयो। केही कविताहरू राम्रा थिए। सबै उत्कृष्ट भने थिएनन् । कविले अरुका कविता पनि सुन्ने र पढ्ने बानी बसाल्नु पर्दछ ।”
कार्यक्रममा सञ्चालकले प्रत्येकको कवितामा टिप्पणी गर्दा कार्यक्रम लामो हुन गएकोले सञ्चालकले समीक्षकको काम गर्न नहुने उनको तर्क छ ।
विशिष्ट अतिथि भीष्म उप्रेतीले कार्यक्रममा केही सिक्किम र असमका भारतीय कविहरूका कविता सुन्न पाइएकोमा खुशी व्यक्त गरे ।
सभापति मणिराज सिंहले नेपालका विभिन्न भागसहित भारतको सिक्किम, असम र गुजरात तथा अमेरिकाबाट समेत राम्रा कविहरूको उपस्थितिले शृङ्खला अन्तर्राष्ट्रिय भएको बताए ।
उनले भने “भाषा र संस्कृति हाम्रो पहिचान हो। भाषाको जगेर्नाको लागि नेपालमा अहिले इम्बोस्ड नम्वर नेपाली भाषामा हुनुपर्छ भन्ने बारेमा प्रमुख तिथि प्राध्यापक डा खगेन्द्र लुइटेलले नेतृत्व गरिरहनु भएको मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालले नेतृत्व गरिरहेको छ। त्यसमा हामीले पनि सक्दो सहयोग गरौँ ।”
ज्योति साहित्य प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार रचना वाचनको कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया
-
४
