दार्जिलिङको भानु सदनमा नेपालबाट १० जना स्रष्टाहरू विशेष रूपमा भाग लिने भएका छन् । दार्जिलिङ , खर्स्याङ, मिरिक, कालिङ्पोङ, सिलिगुडी, कालेबुङ, गान्तोक, असम,मेघालय, मणिपुर, देहरादुन, लखनऊ, न्यूदिल्ली लगायत विश्वभरका नेपाली स्रष्टाहरूको विश्व सम्मेलनमा नेपालबाट १० जना स्रष्टाहरू विशेष रूपमा भाग लिने भएका हुन् ।
काठमाडौँबाट प्रा डा गोविन्दराज भट्टराई, अन्जना भट्टराई, प्राज्ञ डा. देवी नेपाल , शरद प्रधान, मणिराज सिंह, के बि पौडेल (कलाकार) तथा साहित्यिक पत्रकार अश्विनी कोइराला, नेपालगञ्जबाट ऋषिराम सापकोटा र कल्पना पौडेल जिज्ञासु, धरानबाट भीम बिरही राई तथा झापाबाट दीपक सुबेदी सम्मेलनमा सहभागी हुनेछन्।
लखनउबाट विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र ताइवानबाट वरिष्ठ उपाध्यक्ष सह प्राध्यापक डा लेखनाथ काफ्ले पनि उक्त सम्मेलनमा भाग लिन शुक्रबार साँझसम्म दार्जिलिङ पुगी सक्नेछन्।
विश्व नेपाली साहित्य महासंघ भारत शाखाका अध्यक्ष राहुल राई बोगिको तथा महासचिव सुमित्रा थामी अविरल रहेको आयोजक समितिले कार्यक्रमको अन्तिम तयारी गरिरहेको खर्स्याङ्का साहित्यकार देवीका मग्राती राईले जानकारी दिइन् ।
प्रतिक्रिया
-
४
