काठमाडौँ / डा. नवराल लम्सालद्वारा लिखित महाकाव्य ‘अग्नि’लाई लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार–२०७९ प्रदान गरिने भएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो ।
परिषद्का अनुसार ५० हजार रुपैयाँ राशिको पुरस्कार डा. लम्सालको ‘अग्नि’लाई दिइने भएको छ भने १० हजार रुपैयाँ राशिको लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कार–२०७९ सर्लाही लालबन्दीका क्षितिज विश्वकर्मालाई दिइने भएको छ ।

प्रतिक्रिया
-
४
