लोक दोहोरी गायक प्रकाश आचार्यको नयाँ दोहोरी गित ‘पिरती लामभो पोखरा फेवातालैमा’ सार्वजनिक भएको छ । गायक आचार्य र गायिका शान्ति श्री परियारको आवाजमा गीतको अडियो र भिडियो सार्वजनिक भएको हो ।
गीतको शब्द सर्जक प्रकाश आचार्यले लेखेका छन् भने लय बिन खातीको रहेको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले खिचेका छन् भने अम्रित चापागाइले सम्पादन गरेका छन् । गीत गायक तथा गीतकार आचार्यको आफ्नै युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपानेको अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया
-
४
