✍️ रुक्मिणी शर्मा
गजल – एक
जो मेहनतको फल पाउछन् पसिना बगाउँछन्
भौतिक सुख होइन आत्मसन्तुष्टि पाउँछन्
राम्रो कामको मूल्याङ्कन यहाँ मरेपछि हुन्छ
विरोध गर्नेहरूले पनि गुणगान गाउँछन्
हिजो मेरो काँधमा चढेर शिरमा पुगेकाहरूले
आज मेरो धरातल के हो मलाई देखाउँछन्
उनीहरूले नै आगोमा धेरै तेल थपेर गए
मलाई आशा थियो जो आगो निभाउँनेछन्
गजल – दुई
गमलामा फुल्दा खेरि फुल बहुत खुब भयो
तिमीले चुडालेउ कुल्चियौ अनि कुरुप भयो
उसले धेरै कुरा पढेको छु भनी फुर्ती गर्यो
मैले मेरो आँखा पढ्न भन्दा उ चुप भयो
तिम्रो वास्तविकता आखिर पर्दाफास भयो
सोचेका थियौ मैले ढाटेर उ बेकुफ भयो
लाग्यो सपनाको जहाज डुबेपछिको जिन्दगी
जस्तो कि गोलि सकिएको बन्दुक भयो
प्रतिक्रिया
-
४
