युएईमा एकसाथ ८ ओटा कृति विमोचन भएका छन् । युएईको नेपाली साहित्यकै इतिहासमा पहिलो पटक एउटै कार्यक्रममा ८ ओटा कृति विमोचन भएको पहिलो पटक हो ।
युएईमा लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय संस्था सिर्जना वाचन डबलीको आयोजना र अन्तर्राष्ट्रिय नेपाली समाज, युएई राष्ट्रिय कार्यसमितिको सह–आयोजनामा आइतबार एक भव्य समारोहकाबीच उक्त कृतिहरू विमोचन भएको हो । विमोचित कृतिहरूमा ओटा कविता सङ्ग्रह, तीन ओटा मुक्तक सङ्ग्रह र दुई ओटा उपन्यास रहेका छन् ।
कार्यक्रममा गोरखाका कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’, अर्घाखाँचीका कवि असीम सागरको कविता सङ्ग्रह ‘क’ र सुनसरीकी कवि मीना श्रेष्ठको कविता सङ्ग्रह ‘फर्गट एस्टर्डे’ विमोचन गरिएको हो ।
त्यसैगरी गोरखाका मुक्तककार सन्तोष अम्गाईँको मुक्तक सङ्ग्रह ‘सयल’, काठमाडौँका मुक्तककार माधव विडारीको मुक्तक सङ्ग्रह ‘विषाक्त माया’ र बझाङका मुक्तककार दिनेश धामीको मुक्तक सङ्ग्रह ‘आधा जीवन’ विमोचन भएका थिए ।

युएईमा विभिन्न समयमा साहित्यिक गतिविधिहरू, स्रष्टा भेटघाट तथा रचना वाचन, स्रष्टा सम्मान, पुस्तक विमोचन लगायतका कार्यक्रमहरू हुँदै आएको छ । सिर्जना वाचन डबली युएईमा विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको अग्रणाी संस्था हो भने अन्तर्राष्ट्रिय नेपाली समाज, युएई राष्ट्रिय कार्यसमितिले पछिल्लो समय युएईको साहित्यिक कार्यक्रममा साथ दिँदै आएको छ ।
प्रतिक्रिया
-
४
