✍️ रूशन सुवेदी
मुक्तक – एक
आशा र विश्वासको सगरमाथा आफूभित्र बनाउँछन्
वैरभावको फोहोर, सद्भावले पखालेर पवित्र बनाउँछन्
कालसँग अङ्कमाल गर्नेहरू पराजित हुँदैनन् कहिल्यै
बुद्धिमान् ती हुन्, जसले मृत्युलाई पनि मित्र बनाउँछन्
मुक्तक – दुई
जता मिथ्याको लहरो बेरिन्छ, मानव त्यतै मोहित हुन्छ
रविलेझैँ आफ्नै ज्योतिले चम्के पो जगत्को हित हुन्छ
ज्ञान गङ्गा स्वयम्मा बग्छ, बाहिर कुवा खोतल्दै हिँड्छौं
समयमा नियाल्न नसके आफैँबाट सत्य तिरोहित हुन्छ
मुक्तक – तीन
हुनलाई त आफ्नै घरभित्र दही,मही हुन्छ पानी हुन्छ
करुणाको ज्वाला फैलिएर मनको तृष्णा खरानी हुन्छ
अरूको घरमा आगो झोसेर नदी छेक्न जान्छन् कोही
कसैको अरूलाई तृप्त हुँदा देखेर तृप्त हुने बानी हुन्छ
(रूशन सुवेदीको यी मुक्तकहरूले फोटोमा मुक्तक प्रतियोगिताको १०० औं श्रृङ्खलामा प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो ।)
प्रतिक्रिया
-
४
