काठमाण्डौं – अठ्तीस बर्षकै उमेरमा दिवंगत भएका कवि मित्र प्रसाद दुलालद्रारा रचित कविताहरुको संग्रह “खोलभित्रको मान्छे”को लोकार्पण गरिएको छ । कीर्तिपुर – ४, प्रगति हाइटस्थित दुलाल निवासमा केही साहित्यकारको उपस्थिति र पारिवारिक जमघटकाविच उक्त कविता संग्रह साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ र कविका पिता छवि प्रसाद दुलालबाट लोकार्पण गरिएको थियो । छवि प्रसाद दुलाल र सम्झना सिम्खडा दुलाल प्रकाशक रहेको कविता संग्रहमा कवि मित्र प्रसाद दुलालले जिवित रहँदा रचना गरेका र समाजिक संजालमा सार्वजनिक गरेका एक सय उनन्चास कविताहरु संग्रहित छन् ।
लोकार्पण कार्यक्रममा स्वर्गीय कविको व्यक्तिक्व र उनको साहित्यिक रुचिको वारेमा चर्चा गर्दै कवि नरनाथ लुईंटेलले कविको मृत्युचेतको अनुभूति कवि दुलालको कविता “अपरिचित यात्रा” मार्फत व्यक्त गर्नुभयो । गोपाल प्रसाद दुलालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले कवि मित्र प्रसाद दुलालद्वारा रचित कविताहरुको संग्रहले कविलाई अमर बनाएको साथै नेपाली साहित्यमा एउटा नवीन कृति थपिएको विचार व्यक्त गर्नुभयो ।
२०३७ सालमा मोरंङ जिल्लाको अमरदहमा जन्मिएका कवि मित्र प्रसाद दुलाल काठमाण्डौंलाई कर्मथलो बनाई एक सफल सहकारी अभियन्ता, अध्यापक , कानून व्यबसायी र समाजसेवीको रुपमा परिचित थिए । २०७६ जेठ ३२ गते राति हृदयघातका कारण उनको मृत्यु भएको थियो । संजय सिम्खडा र गोकुल बाँस्तोलाले संकलन गरेका स्वर्गीय कवि दुलाल रचित कविताहरुको सम्पादन डां. दामोदर पुडासैनी ‘किशोर’ले गर्नुभएको हो ।
प्रतिक्रिया
-
४
