दक्षिण कोरियामा श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्ष सन् २०२३ देखि लागु हुने गरि हाल पाउँदै आएको ज्यालामा ५ प्रतिशतले वृद्धि हुने भएको हो । मजदुर बढेको तलब ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ ।
गत हप्तादेखिनै तलव वृद्धिका लागि श्रमिकहरूको संगठन केसिटियू, कम्पनी सञ्चालकहरू र सरकारी अधिकृतहरूका तर्फबाट पटक पटक बैठक भएको थियो ।
जतिपटक बैठकबाट बसेपनि निष्कर्षमा पुग्न नसकेपछि सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकले ५ प्रतिशत तलब बढाउने निर्णय गरेको हो । अन्तिम बैठमामा श्रम व्यवसायी र श्रमिकका तर्फबाट नौरनौ सदस्य रहेको थियो ।
न्यूनतम ज्याला निर्धारण समितिले निर्णय यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने छन् । यो कोरियामा काम गर्ने स्वदेसी प्रवासी सबै मजदुरहरूलाई समान रूपमा लागू हुनेछ ।
बैठकारमा श्रमिकका पक्षधर केसिटियूले १८ प्रतिशतले वृद्धि गर्दै प्रतिघण्टा १०८९० वन पुर्याउनु पर्ने माग राखेको थियो तर कम्पनी सञ्चालका तर्फबाट कुनै पनि तलब नबढाउन अडान लिएपछि अन्तिममा ५ प्रतिशतले बढाउन दुवै पक्ष सहमतिमा पुगेका थिए ।
यसअघि पूर्व राष्ट्रपति मुन जे इन सरकारले न्यूनतम पारिश्रमिक २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ र २०२१ मा सबैभन्दा कम १.५ प्रतिशत र २०२२ मा ५.१ प्रतिशतले बढेको थियो । हाल यहाँका श्रमिकले ९१६० वन प्राप्त गरिरहेका छन् ।
तलब बढेसँगै नेपाली श्रमिकहरूमा खुसी छाएको छ । आगामी वर्ष २०२३ देखि लागू हुने तलब अन्तर्गत मशिनामा २०९ घण्टा काम गर्ने श्रमिकले २० लाख १० हजार ५ सय ८० वन पाउनेछन् । यो रकम नेपाली सरदर २ लाख रुपैँया हुनेछ ।
प्रतिक्रिया
-
४
