अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न भएको छ । कोरियामा साहित्यसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने संस्था अनेसासको पुरानो कार्यसमितिको समयावधि सकिएसँगै यस च्याप्टरले भर्चुअल माध्यमद्वारा मिति २०७९ असार १२ गते सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष प्रमोद साराङ्गको सभापतित्वमा आयोजित अधिवेशनमा अनेसास एसिया क्षेत्रिय कमिटीका संयोजक कृष गुल्मेली बाबूले प्रमुख अतिथिको भूमिका निभाएका थिए ।
त्यस्तै, भूतपूर्व अध्यक्ष कमल प्रसाद अर्याल, कोरियामा सक्रिय साहित्यकार जीवन खत्री, नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आर.एन. अनेसास कोरियाका सल्लाहकार विनोद परिवर्तित, वरिष्ठ उपाध्यक्ष डि। आर। न्यौपाने ९सूर्य० लगायत अतिथिको रूपमा उपस्थित थिए ।
नयाँ कार्यसमितिको अध्यक्षमा ह्यारी बोन्ड, वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शर्मा र उपाध्यक्षमा जीवन भण्डारी चयन भए । त्यसैगरी, अनेसासले महासचिवमा लोकराज न्यौपाने, सचिवमा सागर रेग्मी तथा कोषाध्यक्षमा सुशील अर्याललाई चयन गर्यो ।
सक्रिय सदस्यमा धिरेन्द्र स्पन्दन, सुमन तिमल्सिना, विजयता भण्डारी छन् भने सल्लाहकारमा प्रमोद साराङ्ग, डि.आर. न्यौपाने (सूर्य), आर.एन, जीवन खत्री र मोहन कार्की रहेको निर्वाचित महासचिव लोकराज न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा सभापति साराङ्गले नयाँ बनेको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै बधाई ज्ञापन गरे । त्यस्तै, सस्थांको विधिविधानमा रही नेपाली भाषा साहित्यको जगेर्नामा लाग्न सभापतिले नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । कार्यसमितिका हरेक योजनामा आफ्नो तर्फबाट यथाशक्य सहयोग रहने सभापतिको भनाइ थियो ।
अनेसास कोरिया अनेसासका अन्य च्याप्टरमध्ये दुईदुई पटक उत्कृष्ट दशभित्र पर्न सफल भएकोमा अब सर्वोत्कृष्ट बनोस् भन्दै प्रमुख अतिथि गुल्मेली बाबूले शुभकामना व्यक्त गरे । उक्त अधिवेशन निवर्तमान महासचिव ह्यारी बोन्डले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया
-
४
