✍️ मुना आत्रेय

मुक्तक – एक

यी नेता जति पृथ्वीकै भार निक्लिए
सोचेको भन्दा पनि गद्दार निक्लिए
देशमा केहि गर्छु भन्ने मरिगए
भ्रष्टाचार गर्नेहरू खुँखार निक्लिए

      मुक्तक – दुई

मान्छेलाई लाग्दो होला भनेजति धन हुनु
म सधैँ तिम्रो मुना हुनु तिमी मेरो मदन हुनु
मेरा जिन्दगीका सपना सारा अधुरा हुनु बरु
मेरो मान्छे दुनियाँकै सबैभन्दा सज्जन हुनु

   मुक्तक – तीन

सपना बिग्रिदोँ रहेछ पैसा नभएपछि
जसरी घर नै बिग्रिन्छ आमा नभएपछि
कामै लागेन तिम्रा प्रेमिल आश्वाशन पनि
जुत्ता दियौ उपहारमा खुट्टा नभएपछि

   मुक्तक – चार

हल्ला हुन्छ बजारमा हजार थरिका
सस्ता मान्छे सरकारमा हजार थरिका
स्वाभिमान किन्न, बेच्न बानी परेकाहरू
आफ्नै दुनो सोझ्याउने बिचारमा हजार थरिका

   मुक्तक – पाँच

आफ्नाहरू नै हुन आरोप लगाउने त
सोच्छन कसरि कस्लाई फसाउने त
आधा पेट खाएर अघाउछन जनताहरू
नेताहरू हुन देशै खाएर नअघाउने त

प्रतिक्रिया

सम्बन्धित खवर