काठमाडौँ – शिव अर्यालको नयाँ एकल लोक गीत सुनाइदेउ सार्वजनिक भएको छ। बियोगान्त कथामा तयार पारिएको उक्त गीत अर्यालकै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा कोही विशेष व्यक्तिले थाहा नै नदिई छाडेर गएपछिको पीडा भिडियोमा देखाउन खोजिएको छ।
‘सुनाई देऊ’को म्युजिक भिडियोको कथा दर्शन कुँवरले गरेका हुन् र निर्देशन पनि दर्शन कुँवरकै रहेको छ। लक्ष्मण डुम्रे र बबिता मल्लको मुख्य भूमिका रहेको भिडियोलाई अर्पण कृयशनले छायाँकन तथा सम्पादन गरेको हो।
शब्द संगीत तथा गायन शिव अर्यालको नै रहेको गीतमा संगित संयोजन भने नेपालका चर्चित संगीतकार तथा संगीत संयोजक बिवि अनुरागीको रहेको छ। क्रेजी स्टुडियोमा रेकर्ड भयको गीत लाई श्यामश्वेत रसाइलीले मिक्स तथा मास्टरिंग गरेका हुन्।
हेर्नुस् भिडियो
प्रतिक्रिया
-
४
