पोखरा – पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ ।
साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल ९विसं २०२२० मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीहरूका लागि विशेष रोजाइमा परेको हो ।
थिएटर मलका संस्थापक तथा कला निर्देशक एवं नाटकका परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रङ्गप्रेमीको मायाका कारण उत्साह थपिएको उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद दर्शकको साथ मिलेकोमा आफूहरू हर्षित बनेको बताए ।
अञ्जान प्रदीपको निर्देशन रहेको नाटकमा काठमाडौँ तथा पोखरेली कलाकारको जीवन्त अभिनय छ । नाटककी पात्र सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोगवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको रूपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रूपमा अञ्जु रिजाल, भैँसी गोठाल्नीको रूपमा मनिषा केसी, आदिवासी युवतीको रूपमा एलिसा भोग, मटिनचीको भूमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भूमिकामा अञ्जु दाहाल छन् ।
नाटकले पोखरेलीको मन जित्न सफल भएकोमा आफूहरू उत्साहित बनेको निर्देशक प्रदीपले बताए ।
पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको बताए। आगामी दिनमा देशका विभिन्न नाट्य समूह वा नाटकघरसँगको सहकार्यमा वार्षिकरूपमा निरन्तर नाटक पस्कने सोच बनाइएको उनको भनाइ छ ।
प्रतिक्रिया
-
४
