–  अरुणबहादुर खत्री “नदी”

सपनातीर्थ मन्दिरको दर्शन गरेर घर फर्कदै गर्दा मेरोे श्रीमतीले मेरो मोबाइलमा फोन गरिन् । कहाँ “आइपुग्नु भयो ?” भनिन् । “म चण्डेश्वरी मन्दिर पुग्न लागे” मैले भने । “घरमा चिनी सकिएको छ नि घर आउनु हुँदा चिनी किनेर ल्याउनु नि” भनिन् । मैले हुन्छ भने । चण्डेश्वरी मन्दिरको बाहिरको किराना पसलमा पुगेपछि मैले चिनी छ ? भने । साहुजीले छ भनेर जवाफ दिए । “चिनी एक के.जी.को कति नि ?” मैले भने । “एक के.जी. को एकसय पन्ध्र रुपैँया” साहुजीले भने । “चिनीको सरकारी मूल्य एक के.जी. को पन्चान्नब्बे रुपैँया हो नि साहुजी” मैले भने । “हामीले नै एक के.जी. चिनीको एकसय तिन रुपैँया तिरेर ल्याएर बेचेका छौ” साहुजीले भने । “सरकारी मूल्यमा दिनु न मलाई” मैले भने । “सरकारी मूल्यमा चिनी लिने भए सरकारकहाँ नै गएर चिनी किन्नुस्” साहुजीले भने ।
अर्को किराना पसलमा “चिनी एक के.जी. को कति ?” भनेर सोधे । पसलकी साहुनीले “एकसय दस रुपैँया” भनिन् । “पन्चान्नब्बे रुपैँयामा दिने भए म तपाईको पसलबाट पाँच के.जी. चिनी किनेर लैजान्छु नत्र भने म आफ्नै घर नजिकैको पसलमा किन्छु” मैले भने । “पन्चान्नब्बे रुपैँयामा चिनी आउँदैन नि” साहुनीले भनिन् । म आफ्नोे बाटो फर्के । घर नजिकैको चपलीको ओह्रालो लागेपछिको ठूलो सुुपथ मूल्य लेखेको किराना पसलमा पुगेर “चिनी एक के.जी. को कति ?”  भने । “पन्चान्नब्बे रुपैँया दाइ” साहुजीले भने । “त्यसो भए मलाई छ किलो चिनी दिनु नि” मैले भने । “तपाईको पसल छ कि” साहुुजीले भने । “मेरो पसल छैन घरमा चिया खानको लागि चिनी किन्न आएको” मैले भने ।

***

प्रतिक्रिया

सम्बन्धित खवर