– अरुणबहादुर खत्री “नदी”

मृगौलाको समस्या भएपछि कवि रमेश साहित्यिक कार्यक्रममा हिँड्न छाड्यो । उसको उपचारमा धेरै पैसा लाग्यो । उ जरुरी काम पर्दा मात्रै घरबाट बाहिर निस्कन थाल्यो । जरुरी काम नपर्दा घरबाट बाहिर निस्कन छाड्यो । उसँग करिब तीन दशक अघिदेखि परिचित भएको कवि शम्भुले उसलाई फोन गर्यो । फोनमा “हाम्रो भेट नभएको लामो समय भयो नि कुनै दिन समय निकालेर कतै भेटौ न” शम्भुले भन्यो ।

कवि रमेशको घर नजिकै गोंगबुचोकमा उनीहरु दुईजना बीच भेट्ने दिन र समय मिलाए । गोंगबुचोकमा भेट भएपछि शम्भुले “एउटा होटलभित्र पसेर एकएक वटा समोसा र एक एक कप चिया खाउ न त” भन्यो । “हुन्छ नि त भनेर एउटा होटलभित्र उनीहरु पसेर समोसा र चिया मगाएर खाए । कवि शम्भुले होटलबाट छुट्टिने बेला भएपछि “हामीले खाएको पैसा तपाईले तिर्ने होइन” भन्यो ।

“म तिर्न सक्दिन मलाई ठूलो रोग लागेर धेरै खर्च भयो मैले कसरी तिर्न सक्छु ?” रमेशले रिसाउँदै भन्यो । “मैले आज पर्स बोक्नै भुलेछु नि” कवि शम्भुले भन्यो । मैले पनि पर्स बोकेको छैन नि” रमेशले भन्यो । उनीहरु दुबैजनाले पैसा तिर्न नसकेपछि होटलको साहुजीले “तपाईहरु दुबैजनासँग मोबाइल त होला नि तपाईहरु मध्ये एकजनाको मोबाइल दिएर जानु होला” खाएको पैसा तिर्न नसकेपछि भन्यो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर