काठमाडौँ – हामीलाई थाहा छ, टिस्यू पेपर सस्तो वस्तु हो । तर लियोनेल मेस्सीले बार्सिलोनाबाट बिदाइ हुँदा आँसु पुछेको टिस्यू पेपरको मूल्य भने धेरैनै महँगो भएको छ ।
कम्टी स्पोट्स डट कमका अनुसार मेसीले आँसु पुछेको टिस्यू पेपर त्यसबेला एक व्यक्तिले टिपेका थिए र, अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।
लिलामीमा त्यो टिस्यू पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यू पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।
प्रतिक्रिया
-
४