अजित क्षेत्री, युएई १६ अगस्ट – कास्की आदर्श समाज बहराईनको दोस्रो बार्षिक साधारण सभा एबं प्रथम राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले प्रेमबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको गत १३ अगष्ट बहराईनमा सम्पन्न भेलाले २१ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा प्रथम उपाध्यक्ष, पुर्ण बहादुर परियार, द्वितीय उपाध्यक्ष, तिर्थ बहादुर भण्डारी, तृतीय उपाध्यक्ष, बिष्णु भुजेल चयन हुनु भएको छ । त्यस्तै महासचिवमा, देवेन्द्र गिरी (देव), सचिवमा रविराज पौडेल, कोषाध्यक्षमा, कमल कुँवर, सह सचिवमा सन्तोष अधिकारी, सह कोषाध्यक्षमा अणराज पौडेल चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा कमल प्रसाद आचार्य, युवराज बराल, मान बहादुर पौडेल क्षेत्री, लक्ष्मी क्षेत्री, सञ्जु सुनार, मिना मिजार, दुर्गा सुनार, जीत बहादुर परियार, सन्तोष तिमल्सेना, राम बहादुर थापा र धन बहादुर गुरुङ्ग चयन भएका छन् ।

“कास्केलीकाे एकता आजको अपरिहार्यता, समाजसेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ ०५ जुलाई २०१९मा बहराईनमा कार्यरत नेपालीहरूले यो संस्था स्थापना गरेका थिए । समाजले आफ्नो दोश्रो बार्षिकोत्सव पनि सँगै मनाएको छ ।

अनलाइन मार्फत भएको उक्त कार्यक्रम समाजका संस्थापक अध्यक्ष श्री प्रेम बहादुर क्षेत्रीको सभापतित्व तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री गोविन्द प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमकाे सञ्चालन समाजका महासचिव देवेन्द्र गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर