सउल – दक्षिण कोरियामा राजेश सुवेदीकृत उपन्यास अभिसार बिमोचन हुनुका साथै रचना वाचन सम्पन्न भएको छ । गत मे ४मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा उपन्यास लोकार्पण तथा रचनावाचन कार्यक्रम भएक‍ो हो ।

दक्षिण कोरियाको सुवन शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा कृति बिमोचनका अलवा कविहरू सरोज भण्डारी सर्वहारा, शंकर नेपाल र रोदुङ यायावरले बिशेष वाचकको रुपमा आ-आफ्ना आधा दर्जन बढी रचना सुनाए ।
कार्यक्रम अनेसास एसिया कमिटी महासचिव ह्यारी बोन्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका अध्यक्ष निर्दोष शिवले अध्यक्षता गर्नुभएको कार्यक्रमको विशेष अतिथिमा साहित्यकार आर एन अधिकारी रहेेेका थिए ।

अभिसार उपन्यासको समीक्षा गर्दै आर एन अधिकारीले उपन्यासको विविध आयमहरुसंगै उपन्यासको संरचनागत, भाषिक, सामाजिक, मनोबैज्ञानिक र दार्शनिक पक्षहरुबारे बिश्लेषण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार मोहन कार्की, कोरियन साहित्यकारहरु मुन छाङ गील, ईन्जु जङ्ग, कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सन्तोष पौडेल, सनातन साहित्य संगित साधना समूह दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष महेन्द्र सापकोटा लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

प्रवासको बसाइ र कार्यव्यस्तताको बाबजुद उपन्यास प्रकाशन मार्फत नेपाली साहित्यको विकाशमा सहयोग गरेकोले आयोजक संस्थाहरुद्वारा लेखक सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे भने वाचक श्रष्टाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कोरियन कवि मुन छाङ गील र ईन्जु जङ्ग ले लेखक सुवेदीलाई बधाई दिँदै कृतिसफलताको शुभकामना दिनुभएको थियो। यसैगरी कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा प्रमुख अतिथि, विशेष अतिथि र कोरियन कविहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै कार्यक्रममा अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले तथा मुक्तक प्रतिष्ठान कोरियाका वरिष्ठ उपाध्यक्ष दिपक राज बन्जाडेले कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै लेखक सुवेदीलाई सफल साहित्ययात्राको शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थित हुनुभएका विजयता भण्डारी, कोशिश ओझा, राज विसर्जन, सुजन कोइराला, रुद्र कँडेल, डिइबी सिकारु, मुक्ति न्यौपाने, सुधाकर दाहाल, राधेश आचार्य, रविन्द्र ब शाही, सुशील बि क, जितेन चाम्लिङ, दिप प्रदिप, सन्देश ढकाल र करुणाले अभिसार उपन्यास र लेखकलाई सफलताको  शुभकामना दिदै आफ्ना साहित्य सृजना सुनाएका थिए ।

नेपाल मुक्तक प्रतिष्ठान कोरियाका महासचिव आर पि सि संगमले सञ्चालन गर्नुभएको कार्यक्रममा अनेसास कोरिया सचिव विजयता भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन । अन्तमा कार्यक्रम अध्यक्ष निर्दोष शिवले आफ्नो गजल सुनाएर उपस्थित सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको मिडिया पार्टनर सेतोमाटो पनि थियो

***

प्रतिक्रिया

सम्बन्धित खवर