सउल – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुन मगर अध्यक्षमा चयन भएका छन् । निकै लामो चुनावी सरगर्मी पश्चात पुन सर्वसम्मतिमा चयन भएका हुन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको महाधिवेशनबाट आई.सि.सि सदस्यहरूमा सोम लामा र डा. बिमल सुवेदी चुनिएका छन् ।
त्यतै वरिष्ठ उपाध्यक्षमा सन्जिव कुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परि गुरुङ कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा
सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एंव सदस्यहरुमा डा.रोशन शर्मा, सन्तोष खड्का, रमेश थापा मगर, गंगा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल र गम्भिर मान श्रेष्ठ निर्वाचित भएका छन् ।
अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरु सहमतिले निर्वाचित भए पनि सचिव पदमा ३ जनाको दावी रहेपछि अनलाईन भोटिङ मार्फत निर्वाचन सम्पन्न भएको थियो । भोटिङ मार्फत गरिएको निर्वाचनमा परि गुरुङले बाजी मारिन । गुरुङसँग प्रतिस्पर्धामा हरि प्रसाद भट्टराई, राजकुमार राई उत्रिएका थिए ।
निर्वाचित पदाधिकारीहरू बिभिन्न क्षेत्रका विज्ञ एबम् दक्षिण कोरियाका सक्रिय सामाजिक अभियान्ताहरू थिए । निर्वाचित पदाधिकारीहरूमा महिलाको सहभागीता पनि अत्यन्तै उत्साहजनक देखियो । निर्वाचित पदाधिकारीहरूलाई आउँदो शनिवार अनलाईन मार्फत सपथ ग्रहण गराईने निर्वाचन मण्डलले जानकारी दिएको छ ।
निर्वाचन समितिको अन्तिम निर्णय अनुसार सचिव पद बाहेकका आई.सि.सि सदस्य लगायत सम्पूर्ण पदमा सर्वसम्मतिमै चयन भएका हुन् ।
प्रतिक्रिया
-
४