कुनै पनि सम्बन्ध को आधार धेरै पक्षहरुमा टिक्दछ। जीवन साथीको छनौट गर्ने कुरा शारीरिक बनावट, सुन्दरता र पैसा मात्रै होइन नकि अन्य धेरै महत्वपूर्ण कारकहरु छन् ।

एउटा नयाँ अध्ययनमा यो कुरा स्पष्ट भएको छ । एक नयाँ अध्ययनका अनुसार जब कुरा कुरा सम्बन्धको आउँछ त उसको परिवार र साथीसँगको व्यवहार सेक्स र पैसाभन्दा महत्त्वपूर्ण हून्छ । अध्ययनका अनुसार सबैभन्दा महत्वपूर्ण खुबी विस्तारमा बताइएको छ ।

यस अध्ययनमा, जीवनसाथीको व्यवहारमा सेन्स अफ ह्युमन र सेक्सुअल स्याटिस्फ्याक्सन जस्ता शीर्षकका धेरै मानिसहरुले आफ्नो पार्टनर साथी वा परिवारप्रति कस्तो व्यवहार प्रदर्शन गर्दछन् भन्ने विषयमा प्रतिक्रिया दिएका थिए ।

निकोसिया विश्वविद्यालय (साइप्रस)को यस आँकडामा ब्रिटेनको टप रिलेसनसिप च्यारिटी ‘रिलेट’की प्रमुख आमान्डा मेजर भने सामान्य रूपमा लिन्छिन् ।

आइतबार यसको जवाफ दिँदै उनले भनिन्, “एक अर्काका साथीहरुलाई मन पराउनु र उनीहरुसँग सहज महसुस गर्नुले सम्बन्धलाई थप बलियो बनाउँछ र आफ्नोपनको भावना जगाउँछ ।’

उनले अगाडि भनिन् “कुनै पनि सम्बन्धमा लामो समयपछि कठिनाइहरु आउँछन् तर हामीसँग सहयोगी परिवार छ भने मुस्किल हालतमा पनि उनीहरूलाई सहयोग मिल्न सक्छ । बसः उनीहरूलाई प्रदान गरिएको व्यक्तिगत निर्णयको अधिकारमा परिवार हावी नहोस् र जबरजस्ती कुनै समाधानको विकल्प लागू नगरुन् ।

सोसल साइन्टिक्स मेनेलोस एपोस्टलु र क्रिmस्टोपोरोस क्रिस्टिफोरोको नेतृत्वयमा निकोसियको यो अध्ययनमा २०७ मानिस र उनीहरुको उनीहरुको विगत र वर्तमान सम्बन्धको आधारमा प्राप्त प्रतिक्रियालाई विश्लेषण गरिएको थियो ।

अध्ययनमा मानिसहरुलाई आफ्नो जीवनसाथीको कुन गुणलाई सर्वोपरी मान्नहुन्छ रु भनेर सोधिएको थियो ।

जस्तै उनीहरुको भरोसायोग्य वा वफादार वा सम्झौता गर्ने प्रवृत्ति या जीवनप्रतिको आफ्नो दृष्टिकोणमा उनीहरू कति सकारात्मक छन् रु

अध्ययनले यौन सन्तुष्टि र सम्झौता गर्ने क्षमता एक सफल सम्बन्ध को लागि सबैभन्दा महत्वूर्ण हुन्छ भन्ने कुरा महिलाहरुभन्दा धेरै पुरुषहरुलाई यो विश्वास रहेको कुरा पत्ता लगाएको छ ।

यद्यपि, महिलाहरूले भने यी कुरालाई प्राथमिकता नदिएर उनीहरूको जीवनसाथी कमिडेट हुनुपर्छ भनेका छन् ।

अघिल्लो अध्ययनहरुलाई औंल्याउँदै, विशेषज्ञहरुले आमा बुबाहरुलाई पनि आफ्नो बच्चाहरुको व्यक्तिगत जीवन र उनको जीवनसाथीलाई लिएर चासो रहेको बताएका छन् ।

यदि तपाइँका आमा बुबा तपाइँको जीवनसाथीलाई मन पराउदैनन् भने उनीहरू तपाइँको सम्बन्धमा हस्तक्षेप गर्न थाल्छन्। कहिलेकाहीँ उनीहरु रणनीतिहरु प्रयोग गर्न थाल्छन्।

विशेषज्ञहरुका अनुसार जीवनसाथीको परिवारसँग बस्नाले सम्बन्ध टुट्ने सम्भावना कम हुन्छ । जीवनसाथीको परिवारसँग सम्बन्ध बलियो भएमा जीवनसाथीसँगको सम्बन्ध पनि स्वतः बलियो हुन्छ ।

त्यस्तैगरी, यदि तपाइँको जीवनसाथीको उसको साथीहरुसँग राम्रो सम्बन्ध छैन भने तपाईको सम्बन्ध पनि कमजोर हुनसक्छ । यो किनभने मानिसहरु साथीहबाट भावनात्मक समर्थन प्राप्त र उनीहरु अलग हुन चाहँदैनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर