– शिव आर्य

गजल-१
सायद तर्सेकी मलाई पागल देखेर हाे
म पागल तिम्रा आँखाकाे, गाजल देखेर हाे

तिम्रै छाया बनेर पछि, पछि लाग्दैछु प्यारी
तिमीलाई  शान्त, सुन्दर, सरल देखेर हाे

आँखा जुधाउन पनि किन डराउनु पर्छ
कि मेराे आखाँमा पीडाकाे पसल देखेर हाे

राखेर प्रेम प्रस्ताव, मायाकाे भिख माग्दैछु
अरुभन्दा नि तिमीलाई अब्बल देखेर हाे !

फुल्दैछ हेर मेराे मुहारमा हजार खुसी
तिम्राे मुहारमा खुसी झलममल देखेर हाे !

गजल – २
हिडेथेँ आधी बाटाे भेटियाै साथी तिमी
मलाई थियाे खाँचाे भेटियाै साथी तिमी

लिएर जलकाे घडा तिमी नजिकै आयाै
पिउदै थिएँ म आगाे भेटियाै साथी तिमी

घाम झरि सकेथ्याे, थियाे साँझकाे बेला
एकान्त थियाे कालाे भेटियाै साथी तिमी

एक्लै थियाै तिमी,  म नि मातेकाे थिएँ
थिएन मन याे साेझाे भेटियाै साथी तिमी

टासिदै आयाै तिमी बिस्तारै मेराे बाहुमा
रहर रहेछन् मिल्दाे भेटियाै साथी तिमी !

***

प्रतिक्रिया

सम्बन्धित खवर